ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि


admin
८ कार्तिक २०७५, बिहिबार   १२ : ४१   बजे

काठमाडौं, ८ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठले नेपालले घरेलु मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

“तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुल्ला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो । आजै हुने पहिलो खेलमा सोही मैदानमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । श्रीलङ्काले प्रतियोगितामा सहभागी छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बङ्गलादेशसँग शनिबार खेल्नेछ ।

नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।

सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu