ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहनविक्रम थापा स्मृति कप फुटबल शुरु


admin
८ कार्तिक २०७५, बिहिबार   २ : १३   बजे
सिन्धुली, ८ कात्तिक । समाजसेवी एवं राजनीतिज्ञ स्व. मोहनविक्रम थापाको स्मृतिमा विहीवार (आज)देखि सिन्धुलीको भिमानमा ‘मोहनविक्रम स्मृति कप फूटबल प्रतियोगिता’ शुरु भएको छ ।
सिन्धुली जिल्लामा आयोजना भएका अहिलेसम्मका खेलकुदहरुमा सबैभन्दा ठूलो धनरासीको पुरस्कार यसपटक राखिएको छ । फाइनल खेलमा प्रथम हुने टिमलाई डेढ लाख रुपियाँ नगद र तक्मा पुरस्कार राखिएको छ । दोस्रो हुने टिमलाई रु पचार हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । बरिष्ठ समाजसेवी एवं सिन्धुली ट्रष्ट्का अध्यक्ष उज्ज्वल बिक्रम थापाले विहीवार फुटबल खेल उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा खेलाडी अनि सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । प्रतियोगिता कात्तिक १७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको आयोजक स्थानीय भीमान युवा क्लब आयोजक हो भने सिन्धुली ट्रष्ट नेपाल सहयोगी संस्थाको रुपमा रहेको छ । भीमानस्थित जनजागृति माध्यामिक विद्यालयको खेलमैदानमा प्रतियोगिता शुरु भएको छ ।
खेलका लागि बुधवार साँझसम्म १४ टिमले दर्ता गराएको भीमान युवा क्लबका सचिव दिनेश न्यौपानेले जानकारी दिए । अध्यक्ष थापाले सिन्धुलीलाई खेलकुदमा अगाडि बढाउन आफ्नो प्रयासमा ठूलो पुरस्कारको रासी राखिएको र भविश्यमा थपिँदै जाने घोषणा गरेका छन् । गत बर्ष स्व. मोहन विक्रम थापा स्मृति कप फुटबल आयोजना भएको थियो ।
यसपटक हुन लागेको प्रतियोगिता दोस्रो हो । भीमान युवा क्लबले भविश्यमा गोल्ड कप आयोजना गर्ने गरी क्लबको क्षमताबृद्धिसँगै तयारी थाल्ने भएको छ। आज उद्घाटन खेलमा आयोजक भीमान युवा क्लब ए र जनसंगम युवा क्लब चन्दनपुरबीच प्रतिस्पर्धा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group