काठमाडौं, ९ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) को उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महारा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । अतिथिद्वयले बलिङ र ब्याटिङ गर्दै संयुक्त रुपमा पीपीएल उद्घाटन गरेका हुन् ।
पीपीएलको उद्घाटनका लागि शुक्रबार बिहानै पोखरा आइपुगेका महराले पीपीएलको उद्घाटन सत्रमा ब्याटिङ गरेका छन् ।
उनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बलिङ गरे । उद्घाटन गर्दै पहिला ब्याटिङ गरेका महराले ३ बलमा ब्याटिङ गरे । उनले २ बलमा ब्याट छुन नसकेपनि एक बलमा ब्याट छोएका थिए भने गुरुङका लागि सभामुख महराले २ बल दिए । जसमा गुरुङले पहिलो बल नछोएपनि दोस्रो बलमा गुरुङले ब्याट छोए ।
पीपीएलले पोखरालाई क्रिकेटको सहरका रुपमा पनि परिचित गराउने अथितिले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्