ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साफ यू–१५ फुटबल खेलमा पाकिस्तान सेमिफाइनल प्रवेश


admin
१० कार्तिक २०७५, शनिबार   २ : ५९   बजे

काठमाडौं ,१० कात्तिक । पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो । समूह चरणको दोस्रो खेलमा पाकिस्तानले आज भूटानलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा खेलको २४ औँ मिनेटमा मुद्दसर नजरले गोल गर्दै पाकिस्तालाई शुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारे ।

३३ औँ मिनेटमा मोइन अहमेदले तेस्रो गोल थपे । पहिलो हाफको अन्तिम समयमा मोइनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए ।

पहिलो हाफमा चार गोल खाएको भूटान दोस्रो हाफमा खेलमा फर्किन सकेन । पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरे पनि भूटानले गोल गर्न सकेन ।

पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्वन्द्वी भारतलाई बिहीबार भएको उद्घाटन खेलमा २–१ ले हराएको थियो । समूह ‘बी’मा पाकिस्तानको छ अङ्क जोडेको छ । भूटान र भारत अङ्कविहीन छन् । समूह चरणको अन्तिम खेलमा भारत र भूटानले आइतबार खेल्नेछन् ।

आजै हुने दोस्रो खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपालसँग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बङ्गलादेशलाई पराजित गर्नुपर्ने दबाब छ ।

आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बङ्गलादेशसँग खेल्दैछ । यसअघि नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu