ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजारमा यस साता छ कम्पनीका शेयर सूचीकृत


admin
१० कार्तिक २०७५, शनिबार   ३ : १८   बजे

काठमाडौं,१० कात्तिक । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४-७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स शेयर दिएको हो ।

प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद शेयर यसै साता सूचीकृत भएको हो । यस्तै अर्को इन्स्योरेन्स कम्पनी सूर्या लाइफको पनि १२ लाख १२ हजार ७५० कित्ता लाभान्स शेयर सूचीकृत भएको छ

पोखरा फाइनान्सको छ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै दुई लाख ५० हजार कित्ता लाभान्स शेयर सूचीकृत भएका छन् । यही कात्तिक ४ गते एक हजार २४६ दशमलव ५२ बिन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक कारोवारको अन्तिम दिन कात्तिक ८ गते एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको छ ।

यस्तै साताको पहिलो दिन क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २६५ दशमलव २८ बिन्दुमा रहेकामा अन्तिम दिन घटेर २६४ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu