ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध


एबीसी न्यूज
११ कार्तिक २०७५, आइतबार   १० : ५८   बजे

काठमाडौं, ११ कात्तिक । पाकिस्तानको सर्वोच्च अदालतले भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।

मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी एक रिटमा आफ्नो आदेश दिएका हुन् ।

उनले भारतीय कार्यक्रम प्रसारण बन्द गर्ने आदेश दिँदै भनेका छन्, ‘उनीहरू हाम्रो संविधानको उल्लंघन गर्न र गराउन चाहन्छन्। के हामी उनीहरूका टिभी च्यानलमा प्रतिबन्धसम्म लगाउन सक्दैनौँ रु’ रिपोर्ट अनुसार न्यायाधीशले सम्बन्धित अधिकारीहरूले केबल पाकिस्तानको संविधानले मञ्जुर दिने सामाग्री मात्रै प्रसारण गर्न पनि भनेका छन् ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले सन् २०१६ मा स्थानीय टिभी र एफएम रेडियो च्याननलमा भारतीय कार्यक्रमको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।

यस आदेशलार्इ भारतीय मनोरञ्जन उद्योगद्वारा पाकिस्तानी कार्यक्रम र कलाकारमाथि प्रतिबन्ध लगाउने आदेशको जवाफका रूपमा लिइएको थियो । त्यसपछि सन् २०१७ मा लाहौर उच्च न्यायालयले पेम्राद्वारा लगाएको प्रतिबन्धलार्इ अर्थहीन र निर्थक बताउँदै हटाइदिएको थियो । उच्च न्यायालयका अनुसार केन्द्र सरकारलार्इ यस मामिलामा कुनै आपत्ति थिएन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group