ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी प्रशासन अझैपनि लोकतान्त्रिक हुन सकेन : मुख्यमन्त्री गुरुङ


admin
११ कार्तिक २०७५, आइतबार   ११ : २२   बजे

पोखरा,११ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रशासन अझैपनि लोकतान्त्रिक हुन नसकेको बताएका छन । प्रहरी प्रशासन मात्र नभइ राजनैतिक दलहरु स्वयंपनि लोकतान्त्रिक पद्धतिमा हिड्न नसकेको गुरुङको आरोप छ ।
चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले मुलुक लोकतान्त्रिक गणतन्त्र सहित संघीयतामा गइसक्दा पनि प्रहरी प्रशासन लोकतान्तित्र बन्न नसकेको वताएका हुन ।

अझैपनि पञ्चायति कालमा जस्तै ठूला बडाकै हातमा प्रहरी प्रशासन चलिरहदा प्रहरीको काम चुस्त दुस्त हुन नसकेको वताउदै प्रहरी प्रशासन र कर्मचारीहरु लोकतान्त्रिक भइनसकेको सन्दर्भमा नेपाल प्रहरीले सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले मुख्य भुमिका खेल्ने बताए ।

अझैपनी नेपालमा पञ्चायत कालिन भुतको अस्तित्व नहटिसकेको भन्दै गुरुङले राजनैतिक दल, नेपाल प्रहरी प्रशासन र कर्मचारीहरुमा समेत यसको जड बांकी रहेकाले आजदेखी सुरु भएको अभियानले यस्ता नकारात्मक क्रियाकलापलाई हटाएर समाजमा प्रहरी प्रतिको इमान्दारितालाई नागरिकहरुको सहकार्यतामा छर्लङग पार्नका लागी विशेष भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले अझैपनि समाज सभ्य भइनसकेको सन्दर्भमा यस्ता कार्यक्रमले समाजमा सुधारउनमुख काम गर्न तर्फ प्रोत्साहित गर्ने वताए ।

वुढाले कास्कीमा पछिल्लो दुइवटा महिला हिंसा सम्बन्धि घटनामा विभिन्न राष्ट्रिय तथा अनतराष्ट्रिय गैर सरकारी संघ सस्थाको सहयोगमा प्रहरी प्रशासनको खिल्ली उडाउन समाजिक अभियनताहरुको समेत संलग्नता रहेको उल्लेख गर्दै यस्ता कार्यलाई निरुत्साहित पार्नका लागी समुदाय प्रहरी साझेदारी कार्यक्रमले ठूलो भुमिका खेल्ने बताए ।

कार्यक्रममाा चार नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहोराले गण्डकी प्रदेशमा आजदेखी शुरु भएको अभियाले प्रहरी समुदाय हुदै विदालय स्तर सम्म यो अभियान सञ्चालन हुने भएकाले प्रहरीको काम कर्तब्य र अधिकारका बारेमा सवैले जान्न र बुझ्न यो अभियानले सहयोग पु¥याउने बताउदै कोही कसैलाइ अफ्ठेरो परेको खण्डमा प्रहरीलाई खवर गर्नुपर्छ भन्ने मुख्य सन्देश फैलाउनकै लागी यो कार्यक्रमले प्रभावकारी ढंगले अगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group