ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन


एबीसी न्यूज
१२ कार्तिक २०७५, सोमबार   ७ : ४६   बजे

स्वीट्जरल्याण्ड, १२  कात्तिक । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ ।

चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैङ्कको ठहर छ ।
विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ । तर रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ््यहरूलाई नबधनाढ्यहरूले पछि पार्ने गरेका छन् । सन् २०१७ मा १०६ जना नयाँ व्यक्तिले आफूलाई विश्वका धनाढ्य व्यवसायीको सूचीमा दर्ता गरेका थिए भने यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए ।

वितेको एक दशकमा चिनियाँ पूँजीपतिहरूले विश्वका केही ठूला तथा सफल कम्पनीहरूको स्थापना गर्न सफल भएका देखिएको छ, यूबिइस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले भन्नुभयो ।

“तर यो मात्रै शुरुवात हो । चीनको विशाल जनसङ्ख्या, नयाँ प्रबिधिको आविस्कार र उत्पादकत्व वृद्धिका लागि चिनियाँ सरकारले गरेको सहयोगले चिनियाँ धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभै यहाँका जनताको जीवनपद्धतिलाई अहिलेकोभन्दा राम्रो अवस्थामा पु¥याउने अभूतपूर्व मौका दिएको छ,” उहाँले थप्नुभयोे ।
यूबिएस तथा लेखा परीक्षकहरूको संस्था पिडब्लुसीले अमेरिकामा भन्दा एसियामा अहिल्य नै धेरै धनाढ्यहरू रहेका छन् । वर्तमान् प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन बर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ ।
सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ रहेको बताउने गरिएको छ ।

बैङ्कले भनेको छ ९७ प्रतिशत चिनियाँहरू आफ्नै परिश्रमले आफुलाई धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् र अधिकांश प्रबिधि तथा फुटकर सामानहरूको बिक्रेता रहेका छन् ।

प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ती वृद्धि गर्ने उनीहरूको चाल निकै कम रहेको भनिएको छ । पाँच बर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्तिहरू उत्पादन गर्न सफल भएकोमा गत बर्ष सो सङ्ख्या ५३ मा झरेको थियो । पश्चिम यूरोपमा सन् २०१७ मा ४१४ मा १७ थप गरी जम्मा ४३१ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu