कपिलवस्तु, १२ कात्तिक। कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।
हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्