ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छठ पर्वको लागि पोखरी सजाइँदै


admin
१२ कार्तिक २०७५, सोमबार   ११ : ३२   बजे

वीरगन्ज,१२ कात्तिक । लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।

वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम भइरहेको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइसमेत गरिने काम शुरु भएको छ ।

तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घरीहर्वा, नगवा, रानीघाटलगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम भइरहेको छ ।

स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । छठको लागि आवश्यक पर्ने सामनाको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड लागेको छ ।

स्थानीयवासीका अनुसार विगतमा भन्दा यस वर्ष छठको आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ । छठको लागि एक महीना पहिलेदेखि जोहो गर्ने काम शुरु भए पनि मुख्य विधि कात्तिक २६ गते पञ्चमीको दिनदेखि शुरु हुन्छ ।

यो पर्व गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । महाभारतकालमा द्रोपती र अनुसुइयाले पनि छठको व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख रहेको छ । यसले उनीहरूमाथि आइपरेका विपत्तिबाट छुटकारा पाएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group