ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीपुरमा सिसी क्यामेरा मर्मत नहुदाँ प्रयोग विहिन


admin
१२ कार्तिक २०७५, सोमबार   १ : ०४   बजे

दाङ, , १२ कात्तिक । तुलसीपुर बजारमा सुरक्षा निगरानीका लागि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । सिसी क्यामेराहरु लामोसमय सम्म मर्मत नहुँदा प्रयोगविहीन अवस्थामा छन् ।

बजारको शान्ति सुरक्षालाई मध्य नजरगदै तुलसीपुर बजारमा ३ बर्ष पहिले सिसि क्यामरा जडान गरीएको थियो । तर क्यामरा विग्रीएको १ बर्ष भन्दा बढि भई सक्दा पनि मर्मत भएका छैन । बजारको सुरक्षाका लागी तुलसीपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी र यस क्षेत्रका बैंकहरुको समन्वयमा सो क्यामराहरु जडान गरीएको थियो ।

जसको कन्टोल रुम इलाका प्रहरी कार्यालयमा राखीएको थियो । बजारमा हुने विभिन्न चोरी, दुर्घटना र बजारको निगरानिका लागि जडान गरीएका क्यामराहरु विग्रीएको लामो समय विति सक्दा पनि मर्मत नहुदाँ बजारमा सुरक्षा चुनौति थपीएको बताएको छ । सिसि क्यामरा जडानसंगै यस क्षेत्रमा हुने दुर्घटना र चोरी डकैतीका घटनाहरुमा कमि आएको थियो ।

क्यामराहरुको व्यवस्थापन कस्ले गर्ने भन्ने एकीन नहुदा पछिल्लो समयमा विग्रीएको लामो समय हुदाँ समेत सरोकार निकायहरु मौन छन् । करिव ७ लाख लागतमा पिटि जेट सिसि क्यामराहरु बजारका मुख्य चोक विपी चोक, विरेन्द्र चोक र बसपार्कमा जडान गरीएको थियो ।

सो क्यामरा चारै तिर धुम्ने भएका कारण विभिन्न स्थानको निगरानि सजीलैसंग प्रहरीले गर्ने गरेको थियो । तर पछिल्लो समयमा क्यामरा विग्रीय संगै सुरक्षामा पनि चुनौति थपीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताउनुभयो । सिसि क्यामरा जडान भएसंगै अपराध र विभिन्न घटनाहरुको अनुसन्धानमा सजिलो हुने सापकोटाले बताउनु भयो ।

प्रहरीलाई कुनै घटना, दुर्घटना भयो भने सिसि क्यामरा बाट पत्ता लगाउन सजिलो हुने सापकोटाको भनाई छ । ‘‘सिसि क्यामरा भयो भने हामीलाई अनुसन्धानमा सजिलो हुन्छ, जनशक्ति पनि कम लाग्ने थियो, हाल सुरक्षा चुनौति थपीएको छ’’ –सापकोटाले भन्नुभयो । उहाँले सिसि क्यामरा भयो भने अपराध गर्ने व्यक्तिहरुको पनि मनोवल घटने बताउनुभयो ।

त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमाण अध्यक्ष विमल रिजालले पहिले जडान गरीएका सिसि क्यामराहरुले काम गर्न छोडेको र बजारको सुरक्षाका लागि विभिन्न स्थानमा सिसि क्यामरा जडान हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द शारुले छिट्टै मर्मत गर्ने बताउनुभयो । उहाँले भर्खरैमा उपहानगरपालिकाले बजार व्यावस्थापन समिती गठन गरेको र त्यहि समितीले नै सबै काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा परेका नागरिकको जीवनरक्षा गर्न एमालेको माग

बाढीपीडितका लागि भारत, चीन र विश्व बैंकबाट सहयोगको प्रतिबद्धता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu