काठमाडौं, १२ कात्तिक । त्रिभुवन विमानस्थल नजिक सिनामंगल सडकको कल्भर्टमा शव फेला परेको छ। चप्पल र कपडा लगाइहेको अवस्थामा अन्दाजी २० वर्षीयेको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
शव आगोमा जलेको जस्तो देखिएको र शरीरको केही भाग र कपडा समेत जलेको प्रहरीले बताएको छ । शवको पहिचान हुन सकेको छैन। शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्