ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो एक दिवसीय क्रिकेट खेलमा भारतसँग वेष्ट इन्डिजले लज्जास्पद हार


एबीसी न्यूज
१३ कार्तिक २०७५, मंगलबार   १० : ००   बजे

काठमाडौं, १३ कात्तिक । चौथो एक दिवसीय क्रिकेट खेलमा भारतद्वारा वेष्ट इन्डिज २२४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
सोमबार राति सम्पन्न भएको चौथो खेलमा भारतसँग वेष्ट इन्डिजले लज्जास्पद हार ब्यहोरेको हो । ३७८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३६।२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।

वेष्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् । वेष्ट इन्डिजका लागि कप्तान जासन होल्डरले अविजित ५४ रन बनाए ।

वेष्ट इन्डिजका ब्याट्सम्यानलाई धरासायी बनाउन भारतका कुलदीप यादव र खालिल अहमदले समान ३–३ विकेट लिए ।

मुम्बईमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले वेष्ट इन्डिजविरुद्ध ३७७ रनको विशाल स्कोर बनाएको थियो । भारतका लागि दुई जना खेलाडीले शतक प्रहार गरे । भारतका ओपनर रोहित शर्माले १६२ रन बनाए । उनले १३७ बलमा २० चौका र ४ छक्का प्रहार गर्दै १६२ रन बनाएका थिए ।

त्यस्तै, भारतका लागि आमबती रयुडुले १०० रन बनाए । उनले ८१ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, भारतका लागि शिखर धवनले ३८ रन बनाए ।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोयचले २ विकेट लिए । ५ खेलको एक दिवसीय सिरिजमा भारतले २–१ ले लिड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu