डोल्पा १५ कात्तिक । हिमाली जिल्ला डोल्पाका युवाहरुलाई खेलप्रतिको आकर्षण बडाउनकोलागि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु गरिएको छ ।
खेलकुदलाई युवाहरुको अनुशासन, राष्ट्रिय गहना र पहिचानको रुपमा विकास गरौँ भन्ने नाराका साथ त्रिपुरासुन्दरी कला साहित्य समाज डोल्पाले उक्त प्रतियोगिताको आयोजनामा गरेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ त्रिपुराकोटकोट बगरस्थित खेलकुद मैदानमा भईरहेको खेलकालागि जिल्लाभरका २१ समुहले प्रतियोगिताकालि टिम दर्ता गराएका छन् ।
डोल्पाली युवाहरुलाई खेलप्रति आकर्षित गराउँदै क्षेत्र र केन्द्रमा समेत डोल्पाली खेलाडीहरुको प्रतिनिधित्व गराउने उदेश्य अनुरुप सिकाईको रुपमा खेल आयोजना गरिएको त्रिपुरा सुन्दरी कला साहित्य समाजका अध्यक्ष चन्द्रा बुढाले बताइन् ।
त्यतिमात्र नभई यस्तो किसिमको आयाजनाले डोल्पाको खेलकुद ,साँस्कृतिक क्षेत्रमबिकासमा ईटा थप्ने उनको अपेक्षा छ ।खेललाई लिगआउट सिस्टमबाट खेलाईएकाले खेल सम्पन्न हुनु हप्ता दिनसम्म लाग्ने उनले बताइन् ।
प्रतियोगितामा प्रथम,द्दितीय,तृतिय,वेस्ट पेलिएर,वेस्ट स्पाईकर र वेस्ट बल्करलाई टर्फि,मेडल,प्रमाणपत्र र धनराशी पुरस्कार दिइने आयोजकले जनाएको छ ।
खेलमा पहिलो हुनेलाई ५० हजार सहित मेडल सबै खेलाडिलाई टफि,दोसो हुनेलाई २५ हजार नगद तथा प्रमाण पत्र र टफि,तेस्रो हुनेलाई १५ हजार नगद प्रमाणपत्र र टफि मेडल प्रदान गरिने छ ।
यसै गरि बेस्ट प्लेयरलाई ५०० नगद मेडल र टफि,वेस्ट स्पाइकरलाई ५०० नगद र मेडल तथा बेस्ट बल्करलाई ५०० नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्