कपिलवस्तु,१७,कात्तिक । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा गत वुधबार राति एक बालीका बलात्कृत भएकी छन् । शौच गर्न गएको बेला १३ वर्षीया बालिकालाई स्थानीय २२ वर्षीय खिम बहादुर वि.कले बारीमा लगेर जवरजस्ती बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।विकले बालीकालाई जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले विहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको बताइएको छ।
प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार गरेर घर ल्याइएको प्रहरीले जनाएको छ । विकले भने आफूले करणी नगरेको दावी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्