ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसान बजार सञ्चालनमा आएपछि कृषक खुशी


admin
१७ कार्तिक २०७५, शनिबार   ५ : १५   बजे

गोरखा, १७ कात्तिक । किसानको उत्पादनलाई प्रवद्र्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पु¥याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन् ।

जिल्लाको शहीद लखन गाउँपालिका–३ को रामशाहघाट बजारमा सञ्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादन कृषक आफैँले ल्याएर बिक्री गर्न थालेका गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले जानकारी दिनुभयो । “कृषि उत्पादनलाई बढवा दिन गाउँपालिकाले कार्यक्रम नै बनाएर किसान बजार सञ्चालनमा ल्याएको हो”, प्रमुख पौडलले भन्नुभयो, “यसले गर्दा किसानलाई पनि आफ्नो उत्पादन कहाँ बिक्री गर्ने भन्ने समस्या हुदैन।”

गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा बजार सञ्चालनमा आएसँगै स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूललगायत सम्पूर्ण पशुजन्य उत्पादन बजारीकरण गर्न सजिलो भएको उहाँको भनाइ छ ।

किसान बजार सञ्चालनमा आएपछि विगत २५ वर्षदेखि व्यावसायिक कृषिखेती गर्दै आउनुभएका शहीद लखन गाउँपालिका–३, कुुसुमपानीका तिलबहादुर गुरुङ पनि खुशी हुनुहुन्छ ।

“यसअघि विचौलियामार्फत बिक्री गर्दा उपभोक्ता पनि मारमा परिराखेका थिए, हामी किसानले पनि भनेको मूल्य पाउन गाह्रो भएको थियो”, उहाँले भन्नुभयो, “अब कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएको छ ।” हप्ताभरि उत्पादन भएका तरकारी किसान बजारमा ल्याएर बेच्न पाउँदा राम्रो मूल्य पाएको उहाँको भनाइ छ ।

गाउँमा शुरु भएको बजारले गाउँभित्रका व्यावसायिक किसानलाई मात्र नभएर साना किसानलाई समेत फाइदा पुगेको गुरुङ बताउनुहुन्छ ।

गाउँघरमा अधिकांश किसानले घरमा खानका लागि थोरै भए पनि तरकारी खेती गर्छन्”, उहाँले भन्नुभयो, “अब घरमा उपभोग गरेर बढी भएको तरकारीसमेत बजारमा ल्याएर बिक्री गर्न पाउने भएपछि सानादेखि ठूला सबै किसानको पहुँच बजारसम्म पुगेको छ ।”

यस्तै गएको १० वर्षदेखि समूहगतरुपमा व्यावसायिक कृषि खेती गर्दै आउनुभएका शहीद लखन गाउँपालिका–३ स्थित लाफा नमूना कृषि समूहका अर्का किसान कवि थापाले पनि किसान बजार सञ्चालनमा आएसँगै आफूहरुलाई सजिलो भएको बताउनुभयो । “अहिले धेरैथोरै जे जस्तो भए पनि सिधै उपभोक्तालाई बेच्न पाइयो, उपभोक्ताले पनि ताजा वस्तु खरीद गर्न पाएका छन्” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group