ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहन विक्रम स्मृति फुटबल प्रतियोगिताको उपाधि चन्द्रमा क्लबलाई, डेढ लाख पुरस्कार प्रदान


admin
१७ कार्तिक २०७५, शनिबार   ६ : १७   बजे

सिन्धुली, १७ कात्तिक। सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको उपाधि महोत्तरीको चन्द्रमा क्लबले हात पारेको छ ।

सिन्धुलीको भिमानमा आज भएको फाइनल खेलमा बर्दिबास स्पोर्टर्स क्लबलाई पराजित गर्दै चन्द्रमाले उपाधि हात पारेको हो ।

सिन्धुलीको भिमानस्थित जनजागृति विद्यालय प्रांगणमा भएको फुटबल खेलमा निर्धारित खेलमा एक एक गोल बराबरी भएको थियो । पेनाल्टी गोलमार्फत चन्द्रमाले बर्दिबासलाई एक गोलले पराजित गरेको हो ।

भिमान युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताका विजेतालाई सिन्धुली टष्ट नेपालका अध्यक्ष बरिष्ठ समाजसेवी उज्वल विक्रम थापाले नगद तथा शील्ड र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रथम हुने चन्द्रमालाई डेढ लाख नगद र दोस्रो हुने बर्दिबासलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्दै अध्यक्ष थापाले युवा शक्तिलाई अनुशासित बनाउँदै खेल क्षेत्रमा अघि बढाउन खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कात्तिक ८ गतेबाट भिमानमा भएको मोहन विक्रम स्मृति फुटबल प्रतियोगितामा १४ टीम सहभागी थिए । कार्यक्रममा दर्शकको भीड व्यापक थियो ।

कार्यक्रममा नेपाली सेनाको नं. ९ बाहिनीपति सहायकरथी प्रदीप केसी, मोहन विक्रम थापाकी धर्मपत्नी उर्मिला थापा, बरिष्ठ पत्रकार तथा समाजसेवी सुवास देवकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सूर्य पाख्रिन, नेपाल रेडक्रम सोसाइटीका अध्यक्ष अशोक श्रेष्ठ लगायतको उपस्थिति थियो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group