ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला टी –२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत


एबीसी न्यूज
२४ कार्तिक २०७५, शनिबार   ७ : २८   बजे

 

 

काठमाडौं, २४ कातिक  । महिला टी –२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ ।

समूह बी मा रहेको भारतले न्यूजिल्याण्डमाथि ३४ रनको जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रनको योगफल तयार परेको थियो ।

४० रन जोड्दा ३ विकेट गुमाएर दवावमा आएको भारतलाई कप्तान हरमनप्रित कौर र जेमिमा रोड्रिगेजले १३४ रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए । हरमनप्रितले ५१ बलमा शतकसहित १०३ रन जोडेकी थिइन् ।

यसैगरी रोड्रिगेजले ५९ रन जोडिन् । न्यूजिल्याण्डका ली तहुले २ विकेट लिएकी थिइन् । १९६ रनको लक्ष्य प्छ्याएको न्यूजिल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६० रनमात्र जोड्न सक्यो ।

राम्रो सुरुआत गरे पनि मध्यक्रमका खेलाडी चल्न नसकेपछि न्यूजिल्याण्डले लक्ष्य पूरा गर्न असफल भएको हो । सूजी बेटेज र आना पिटरसनले ओपनिङ साझेदारी ५२ रनको गर्दै बलियो सुरुआत गरेका थिए ।

सूजी बेटेजले ६७ रन बनाउँदा आनाले १४ रन जोडिन । त्यसपछि लगातार विकेट गुमाएको न्यूजिल्याण्डका लागि कार्टिय मार्टिनले २५ बलमा ३९ रन जोड्दै खेलमा फर्काउने प्रयास गरेकी थिइन् ।

भारतका लागि दियालन हेमलता र पुनम यादबले तीन तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu