काठमाडौं,२८ कात्तिक । एक गते तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ५८ हजार २ सय रुपैयाँमा झरेको छ भने , चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
यो महिनामा सुनको भाउ तोलामा १८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
१ गते ६० हजारमा कारोबार भएपनि ८ गते भाउ बढेर ६ वर्षयताकै महंगो तोलाको ६३ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता फेरि बिस्तारै घटेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको हो ।
डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ घटेको महासंघले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्