ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेर गइरहेको अल्लो कमाइको स्रोत


एबीसी न्यूज
४ मंसिर २०७५, मंगलबार   १ : ०९   बजे

बागलुङ, ४ मङ्सिर ।  वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो ।

अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, पछ््यौरा लगायतका सामग्री बनाउछन् ।

‘धेरै सामान गाउँमै बिक्री हुन्छ’, उद्यमी जस्मती रोकाले भन्नुभयो, “माग आउँदा बाहिर पनि पठाउँछौँ ।” समूहकी अध्यक्ष समेत रहनुभएकी रोकाका अनुसार अल्लोका उत्पादनप्रति प्रयोगकर्ताको रुची बढ्दो छ । स्वदेशी उत्पादन मन पराउनेले अल्लोका सामग्री बढी किन्ने गर्छन् ।

वनमा जाने, अल्लो खोज्ने, लोक्ता काड्ने, खरानी–पानीमा पकाउने, कुट्ने, स्वच्छ पानीमा धुने, कमेरो लगाएर सुकाउने र कुटेपछि मात्र अल्लोको भुवा तयार हुन्छ । भुवाबाट धागो कातेर कपडा लगायतका विभिन्न सामग्री बनाउने गरिन्छ । पछिल्लो समय गाउँपालिकाले अल्लो प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएपछि सहज बनेको छ ।

प्रशोधनदेखि धागो निकाल्न प्रयोग हुने पाँच प्रकारका यन्त्र समूहले पाएको छ । ‘‘रु सात लाख ५० हजार मूल्यका यन्त्र दिएका छौं’’ गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, “उत्पादन वृद्धि र व्यवसायिकीकरणमा टेवा पुग्ने विश्वास छ ।” स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत गाउँपालिकाले सहयोग गरेको हो ।

यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नु पर्ने अवस्था थियो । घरेलु प्रविधि अपनाउँदा सोचेजति धागो उत्पादन हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय धागो कात्न सजिलो र छिटो भएको उद्यमी सपना बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार जङ्गलबाट अल्लो ल्याएर धागो निकाल्न चार दिन लाग्छ । अल्लो खोज्न समूहमै आवद्ध महिला जङ्गल पुग्छन् । गाउँका किसानले अल्लो ल्याएमा प्रतिकिलो रु ५५ समूहले उपलब्ध गराउने गरेको छ । सामुदायिक वनबाट झिकिने अल्लोको लागि तोकिएको दस्तुरसमेत तिर्नुपर्छ ।

महिलाले अल्लोको धागो र सामग्री बेचेर आएको पैसा समूहमा जम्मा गर्छन् । सोही पैसाबाट केही प्रतिशत लगानी र बाँकी रकम घरखर्चमा प्रयोग गर्दै आएका छन् । ‘‘ठूलो कमाइ नभए पनि घरखर्च चलाउने पैसा अल्लोबाट आउँछ’’ उद्यमी बुढाथोकीले भन्नुभयो, “अल्लोको धागो प्रतिकिलो रु एक हजार ५०० मा बिक्री हुने गरेको छ ।”

यस्तै ठूलो स्वीटरको रु. तीन हजार, सानोको रु दुई हजार, टोपी रु ५००मा किनबेच हुन्छ । उद्यम चलाउदा शुरुमा रु एक लाख ५० हजार लागे पनि अहिले लगानी बढ्दै गएको छ । दैनिक आलोपालो समय बाँडेर महिला अल्लोको काममा खटिने गर्छन् ।

अल्लोको प्रबद्र्धनका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले अल्लोका कपडा र सामग्रीको प्रयोग गर्न थालेका छन् । अल्लो समुद्री सतहदेखि एक हजार २०० मिटर माथिको पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्लिको हुने भएकोले धागो बनाउन प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu