काठमाडौं, ८ मंसिर । काठमाडौंको तीनकुनेमा अज्ञात समूहले दुई युवामाथि छुरा प्रहार गरेको छ ।
तीनकुनेको गैह्रीगाउँमा शनिबार दिउँसो युवामाथि छुरा प्रहार गरेको बताइएको छ । दुवै जनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको नयाँ बानेश्वरका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन ।
घटना कसले गरेको र के कारणले गर्यो, त्यसबारे भन्न सक्ने अवस्था नरहेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्