काठमाडौं, ८ मङसिर । नेपालका लागि बजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि. ले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
यो कार्यक्रमको मूल उद्देश्य देशभरिका बजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिकतवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो ।
साथै प्रतिस्पर्धीहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो, साथै विजय नहुने प्रतिस्पर्धीहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो ।
यो प्रतियोगीतालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरि ४ चरणमा सञ्चालन गर्ने जानकारी हंसराज हुलास चन्दका तालिम विभागिय प्रमूख श्री उमेश श्रेष्ठले गराउनु भएको छ ।
प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५४१ जना प्रतियोगिहरु मध्येबाट क्षेत्रीय चरणका लागि १३० जना प्रतियोगिहरु छनोट भएका थिए ।
ती मध्ये बुटवल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १८ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुको प्रतियोगितामा नेपालगन्जको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असीम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले दोस्रो र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतिय स्थान हासिल गरे ।
आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषण कुमार कुशवाहाले प्रथम, पाल्पाको राजनशाहीले द्घितिय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतिय स्थान हासिल गरे ।
ती मध्ये काठमाडौक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १९ जना प्रतिस्पर्धीहरुर आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुकोप्रतियोगितामा कुमारीपाटीकोएम एण्ड एम मोटरसाइकल सपी बाट सुनिल महर्जनले प्रथम, नया बानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले दोस्रो र भक्तपुरकोएस एण्डएस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतिय स्थान हासिल गरे ।
आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगितामा ठेचोकोबिष्णु मोटरसाइकल वर्कशपबाटबिनोद महर्जनले प्रथम, दहचोककोदिप ज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनिले दोस्रो र गोदावरीका हाम्रो मोटरसाइकल वर्कशपबाट रिकेश्वर श्रेष्ठले तृतिय स्थान हासिल गरे ।
यस्ता प्रकारका प्रतियोगीताहरुले प्राविधिकहरुको ज्ञान र सिप निखारिने तथा अभिवृद्घि हुने र कार्यगत विश्वास बढने र अभिप्रेरित पनि गर्ने कुरामा हंसराज हुलासचन्द एण्ड कम्पनीर बजाज अटो लिमिटेड पूर्ण रुपमा विश्वस्त छ ।
प्रतिक्रिया दिनुहोस्