धनगढी, ८ मङसिर । धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएकी एक असहाय महिलाको शवलाई महिलाहरुले नै दाहसंस्कार गरेका छन् ।
दृष्टि फाउण्डेशन धनगढीका पदाधिकारी महिलाहरुले उनको शव शनिबार काँधमा बोकेर मोहना नदी पु¥याई दाहसंस्कार गरेका हुन् ।
अस्पतालमा बेवारिसे अवस्थामा विरामी रहेकी आन्दाजी ६५ वर्षीया उनलाई फाउण्डेशनले अस्पताल र जिल्ला प्रहरी कार्यालयको अनुरोधमा सहारा घरमा लगी आश्रय दिएको थियो ।
उनी अझै विरामी भएपछि उपचारका लागि ल्याएको बेला शुक्रबार मृत्यु भएको दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले बताइन् । मृत्युपछि शनिबार नै पोष्टमार्टम गरी बृद्धाको शव दाहसंस्कारका लागि महिलाहरुले काँध लगाएर मोहना लगिएको थिए ।
चितामा फाण्डेशनकी अध्यक्ष भट्टले चितामा दागबत्ती दिएकी हुन् ।
उनले हिन्दुसंस्कार अनुसार बृद्धाको दाहसंस्कार पुरा गरेको बताइन् । असहाय अवस्थामा आफूले लगेर केही दिन पालेको हुनाले दाहसंस्कारको जिम्मेवारी पनि लिएको अध्यक्ष भट्टले बताइन् । शुरुदेखि नै बृद्धाको अवस्था गम्भीर रहेकाले उनको नाम र ठेगाना समेत खुल्न नसकेको अध्यक्ष भट्टले बताइन् ।
प्रतिक्रिया दिनुहोस्