ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याम्पस हाताभित्रै धूम्रपान सेवन गर्दै विद्यार्थी , क्याम्पस प्रमुख रमिते


एबीसी न्यूज
९ मंसिर २०७५, आइतबार   ८ : ४१   बजे

चितवन , ९ मंसिर । सरकारले सार्वजनिक स्थलमा मद्यपान र धूम्रपान सेवन गर्न निषेध गरेको छ भने जथाभावी रूपमा बेचबिखनमा समेत रोक लगाउदै आएको छ ।

यदी सरकारी नियम उल्लंघन गरेमा सुर्तीजन्य पर्दार्थ २०६८ ऐन अन्तर्गत कार्वाही हुने भनी निर्देशन दिदैआएको छ । सरकारले ल्याएको निर्देशिका कार्यान्वयनमा सरकारी निकाय नै उदाशिन भएपछि यतिबेला धूम्रपान एवं मद्यपानको असर बिद्यालयसम्म पुग्ने गरेको पाइएको छ । बिद्यालय घरपछिको दोस्रो सुरक्षित ठाउँ ।

तर, दुर्भाग्य सरकारी निकायहरूको गैरजिम्मेवार एवं लापरबाहीले बिद्यालय जस्तो पवित्र क्षेत्र नै दुर्गन्धित बन्दै गएको छ । बिद्यालय भित्रै विद्यार्थीहरु शौचालय जाने बहानामा धूम्रपान सेवन गर्न जान्छन् झट्ट सुन्दा पत्यार नलाग्न सक्छ होला तर, बास्तबिकता नै यहीँ हो । सरकारी निकायको चेतावनीक्स बाबजुद चितवनमा रहेको एक सरकारी उच्च माध्यमिक बिद्यालयभित्र रहेको शौचालय पुग्यो भने चुरोट, गुट्खा लगायतका खैनीहरु छरपस्टै देखिन्छ ।

आइतबार खबर संकलन गर्ने क्रममा भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको शौचालयमा पुग्दा विद्यार्थीहरु धूम्रपानमा मस्त रहेको भेटियो । शौचालयको बहानामा उनीहरु धूम्रपान सेवन गर्न आउने गरेको पाइएको हो ।

जहाँ व्यवस्थापनकाे चरम लापरबाही र हेल्चेक्याइँका कारण विद्यार्थी मध्यपान र धूम्रपानको सिकार भएको हो । विद्यार्थी उच्च भबिष्य सुनिश्चितका लागी बिद्यालय जान्छन् । तर, अभिभावक र बिद्यालय प्रशासनको नजर पुग्न नसक्दा बिद्यालयलाइ बिकृतीको रूपमा विद्यार्थीले प्रयोग गरिरहेका छन् ।

शिक्षा दिने ठाउँमै देखिएको यस्तो विकृतिले कलेज प्रशासनमाथि प्रश्न उठ्नु स्वाभाविक नै हो । यस विषयमा जवाफ दिँदै कलेजका प्रमुख खेमनारायण सापकोटाले चुरोट, गुट्खा, खैनी ल्याउन रोक्न कलेज प्रशासनले उच्च सतर्कता अपनाएको दाबी गर्छन् । तर, उनको बोली कार्यान्वयनमा कहिल्यै नआउने गरेको स्रोतले बताएको छ ।

विद्यार्थीहरुले कहाँ गएर के गरे त्यत्ति सम्म हेक्का राख्दैनन् । एक विद्यार्थी भन्छन्  केही सिमित ब्यक्तिका कारण भोली हामी बिग्रने हो कि भन्ने डर शंका भएको छ । उनले भने, आफ्ना कलेजमा कस्ता विद्यार्थी छन्, के गर्दैछन् भन्ने बारे स्वंम कलेज नै सचेत हुनुपर्छ । कलेजमा पुगेर प्रहरीले पक्कै पनि चेकजाँच गर्न सक्दैनन् नि रु यस्को जिम्मेवारी स्वयं बिद्यालय प्रशासनकै हुन्छ नि । उनी भन्छन्  कलेज हाताभित्रै चुरोट, गुट्खा देखिनु लाजमर्दो विषय हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group