ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै


admin
९ मंसिर २०७५, आइतबार   १ : ४४   बजे

 

पर्वत, ९ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ ।

आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो ।

आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको छ । “पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको छ । अहिले उत्पादनगृह, सुरुङ र हेडबक्समा फिनिसिङको काम धमाधम चलिरहेको छ” उहाँले भन्नुभयो ।

वर्षामा पहिरो जाने, भासिने र आयोजनास्थल भित्रै बाढी पस्नेजस्ता प्राकृतिक समस्याले सुरुङ निर्माण कार्यमा अवरोध उत्पन्न भएकाले केही ढिलाइ भएको हो । त्यसपछिको समयमा पनि अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयो ।

“गएको वर्ष सबैभन्दा धेरै अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयोे, “त्यही बेलामा चुनाव भएका कारणले पनि काममा समस्या आएको हो”, “असार मसान्तसम्म उत्पादन दिने लक्ष्य पनि पूरा हुन सकेन, अब पुसभित्रै उत्पादनलाई राष्ट्रिय प्रसारणमा जोड्नेछाँै” उहाँले भन्नुभयो ।

आयोजनाको अहिले करीब सम्पूर्ण काम पुरा भएको छ । एक-दुई प्रतिशत सामान्य काममात्र बाँकी रहेको जनसम्पर्क अधिकृत बेलवासेले बताउनुभयो । सिभिलतर्फको निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनले पनि अधिकांस काम पूरा भएको जनाएको छ । आयोजनाले अघिल्लो आर्थिक वर्षमा भने लक्ष्यअनुसारै काम भएको जनाएको छ ।

शुरुका वर्षहरूमा भूकम्प र नाकाबन्दीले असर गरेकाले त्यसको प्रभाव अझै देखिए पनि अघिल्लो वर्षमा विगतको तुलनामा धेरै काम भएको बेलवासेले बताउनुभयो । ‘निर्माण कार्यमा केही ढिलाइ हुँदा निर्धारित समयभन्दा आयोजनाको काम लम्बिएको हो,’ उहाँले भन्नुभयोे ।

रु.तीन अर्ब ६० करोड रुपैयाँको लागत अनुमानमा निर्माण शुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्ने भएको छ । ०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको आयोजनाको निर्माण कार्य एक वर्ष ढिला भएको थियो । आयोजनाको वार्षिक रु.११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको इञ्जिनीयरिङलगायत निर्माणको ठेक्का मनाङ ट्रेडलिङ्क र साउथ एसियन इन्फ्रास्ट्रक्चरले गरिरहेका छन् । 

शेयर निष्काशन 

यसैबीच तल्लो मोदीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ ।

आयोजनाको आइपिओ (प्रारम्भिक शेयर निष्काशन)सम्बन्धी कार्यका लागि मोदी इनर्जी कम्पनी र बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर समेत भैसकेको छ ।

कम्पनीका तर्फबाट सञ्चालक कुमुदकुमार दुगड तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ बीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मोदी इनर्जी लिमिटेड, डिल्लीबजार, काठमाडौँले प्रतिसाधारण शेयर एक सय रुपैयाँ दरमा र. ४२ करोड रुपैयाँ बराबरको रु.४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group