ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न ब्राण्डका मदिरा (रक्सी) बरामद गरी नष्ट


admin
९ मंसिर २०७५, आइतबार   ४ : ३७   बजे

झापा,९ मङसिर । नक्कली अन्त शुल्क स्टीकर टाँस गरी राजश्व छल्ने विभिन्न ब्राण्डका मदिरा (रक्सी) बरामद गरी आइतबार नष्ट गरिएको छ ।

झापाको भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालय मेचीले ३६ कार्टुन अर्थात करिब दुई लाख मुल्य बराबरको मदिरा बरामद गरी नष्ट गरिएको प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए ।

बजारमा बिक्रीवितरण भइरहेका शिल बन्दी भएकै मदिराले राजश्व छलिरहेको गोप्य सूचनाको आधारमा आन्तरिक राजश्व कार्यालय मेचीबाट खटिएका अनुगमन टोलीले विभिन्न मितिमा मदिरा बिक्रीवितरण गर्ने फर्म र उद्योगबाट उक्त मुल्य बराबरको मदिरा बरामद गरेको हो ।

आन्तरिक राजश्व कार्यालयका अनुसार दृष्टि इन्टरप्राइजेजले नक्कली अन्तशुल्क स्टीकर टाँस गरी बिक्री वितरणका लागि राखिएका पाँच कार्टुन अनमोल फ्रेण्ड र चार कार्टुन बटालिय ट्रिप्ल एक्स नामको मदिरा २०७५ जेठ १३ गते अनुमगन टोलीले बरामद गरेको थियो ।

त्यस्तै अनुगमन टोलीले कोल्ड टे«ड सेन्टरबाट १८० एमएल ५० यु.पि.शक्तिको ब्लु अफर ३६ बोतल र थापा ब्रदर्श सप्लायर्सको गोदामबाट योनेक्स नाम गरेको १८० एमएल ५० यु.पि. शक्तिको १५ काुर्टन मदिरा बरामद गरेको थियो ।

भोलेबाबा लिकर्स उद्योगबाट सि-यु ब्राण्डको ५० यु.पि. शक्तिको ५२८ बोतल मदिरा बरामद गरेको प्रमुख कर अधिकृत आचार्यले बताए । राजश्व छल्ने फर्म र उद्योगका सञ्चालकलाई पक्राउ गरी कानुन बमोजिम कारवाही भएपछि बरामद गरिएको मदिरालाई पनि आवश्यक कानुनी प्रक्रिया मिलाएर नष्ट गरिएको आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group