काठमाडौं,९ मङसिर । सर्लाहीको हिरासतबाट एक महिला अभियुक्त फरार भएका छन । आइतबार इलाका प्रहरी कार्यालय बरहथवामा २२ दिनदेखि हिरासतमा रहेकी महिलाले ड्युटी बसेका प्रहरीलाई झुक्याएर फरार भएकी हुन ।
आफ्नै ससूरालालाई हत्या गरेर फरार महिलालाई १७ दिन पछि प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले बताएका छन ।
प्रहरीले अनुसन्धानको लागि उनलाइ जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको थियो ।
अभियुक्त महिला फरार भएपछि ड्युटीमा रहेका दुई कारबाहीको तयारी गरिएको एसपी पोख्रेलले जानकारी दिनुभयो । प्रहरीले उनलाइ जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्