ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी


admin
९ मंसिर २०७५, आइतबार   ५ : २७   बजे

भोजपुर, ९ मङ्सिर । भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।

व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरिहनुभएको छ । वैदेशिक रोजगारीको लागि साढे पाँच वर्ष कतारमा बिताउनुभएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्रसमेत बन्नुभएको छ ।

कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारीखेतीबाट वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी लिने गरेको बताउनुहुन्छ ।

राई भन्नुहुन्छ, “कतारको तातो घाम करीब छ वर्ष बिताएँ, तर खासै कमाउन सकिन, अहिले यही तरकारीखेतीमा लागेर वार्षिक रु सात लाखसम्म आम्दानी गरिहेको छु ।” राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उहाँले मौसमअनुसार काउली, बन्दा, गोलभेंडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहनुभएको छ ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उहाँको दुःखेसो छ । राईले भन्नुभयोे, “बजारको राम्रो व्यावस्था नुहँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।”

जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उहाँहरूको कथन छ ।

सात उद्योगी सम्मानित 

भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतबार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शाक्य, उर्मिला औजार उद्योगकी उर्मिला श्रेष्ठ, रञ्जिता खुकुरी उद्योगका गणेश विश्वकर्मा र भेजबहादुर खुकुरी उद्योगका भेजबहादुर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ ।

दिवसको अवसरमा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख सचिव केदार न्यौपानेले आवश्यक पर्ने कच्चा पदार्थ र युवालाई सीप सिक्नका लागि तालीम आयोजना गर्नका लागि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जिल्लाका उद्योग र उद्योगीका समस्या पहिचान गरी प्रदेश सरकारले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका थिए । त्यस्तै उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नुपर्ने सहभागीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group