डोल्पा,९ मङसिर । बड्दो महिला हिंसा विरुद्ध हिमाली जिल्ला डोल्पाका महिलाहरु सडकमा उत्रेकाछन् । लैङ्गिक हिंसा र दुव्र्यबहार,छैन हामीलाई स्विकार्य भन्ने मुल नाराका साथ आइतबार त्रिपुरा सुन्दरी नगरपालिकाका महिलाहरु नाराबाजी गर्दै सडकमा उत्रेका हुन् ।
जनचेतना र शिक्षाका अभावका कारण जिल्लामा बड्दै गइरहेको महिला हिंसा गतिबिधि विरुद्ध नगरका सम्पुर्ण महिलाहरु सडकमा उत्रेको अन्तरपार्टी महिला संञ्जालका नगर अध्यक्ष काली चलाउनेले बताईन् ।
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको नेतृत्व गर्दै चलाउनेले गाँउ–घरमा विद्यामान छाउपडी प्रथा,महिनावारी हुँदा छुट्टै गोठमा बसाल्ने परम्परा लगाएतले महिलाहरु हिंसाको सिकार बन्दै आएकाले यसको न्युनिकरणका लागि यो अभियान शुरुवात गरिएको बताईन् ।
हिंसा विरुद्ध ऐक्यबद्धता जनाउन नगरका ग्रामिण बस्तीहरुबाट सयौँको सङ्ख्यामा महिलाहरु अभियानमा सरिक भएका थिए । महिलामाथी थिचो–मीचो गर्न पाइदैँन,महिला हिंसा अन्य गरौँ,शब्य समाजको निर्माण गरौँ,सामाजिक कुप्रथाको अन्त्य गरौँ भन्ने लगाएतका नारा लगाउँदै महिलाहरुले बगर बजार परिक्रमा गरेका थिए ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान घर दैलोमा पुगेर जनचेतना मुलक सन्देशहरु प्रवाह गर्ने सो सम्बन्धि कार्यक्रमहरु स्थानीय संञ्चार माध्यम मार्फत समेत प्रकाशन प्रशारण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैगरी ठुलीभेरी नगरपालिकामा पर्ने सदरमुकाम दुनैमा समेत महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी गरिएको छ ।
उक्त अभियान अन्तर्गत १६ गते देखि २४ भित्रको अवधिमा दिप प्रज्वलन,निबन्ध प्रतियोगिता,ज्ञापन पत्र लगाएतका कार्यक्रमहरु राखिएको महिला तथा बालबालिका कार्यालय दुनैले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्