ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाद्वारा एसईईमा उत्कृष्ट हुने छात्र-छात्रालाई साईकल र ल्यापटप


admin
९ मंसिर २०७५, आइतबार   ५ : ५४   बजे

सप्तरी, ९ मङसिर । विद्यालयमा पहुँच, शिक्षा हासिल गर्न आकर्षिक गराउने तथा विद्यार्थीको हौसला बढाउने उद्देश्यले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण भएका छात्र-छात्राहरुलाई साइकल र ल्यापटप प्रदान गरेको छ ।

गाउँपालिकका कार्यालयको प्राङगणमा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले आधा दर्जन छात्र-छात्रालाई साईकल, ल्यापटप तथा अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान समेत गरेको छ ।

२०७४ सालको एसईई परिक्षामा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई एक-एक थान साईकल र ल्यापटप प्रदान गरेको हो भने, गाउँपालिकाका अवकाशप्राप्त एक दर्जन प्रधानाध्यापकहरुलाई दोसल्ला र कदर पत्रबाट सम्मान गरिएको छ ।

एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिंर्ण हुने छात्रा तर्फ ईतिसा अधिकारी, रंजन कुमारी यादव र निमा कुमारी झा तथा छात्र तर्फ ओम प्रकाश साह, रविराज सिंह र देवेन्द्र कुमार खंगलाई पुरस्कार स्वरुप एक एक थान साईकल र ल्यापटप प्रदान गरिएको थियो ।

विद्यार्थीको विद्यालयमा पहुँच, शिक्षा तर्फ आकर्षित र उनीहरुलाई होसल्ला प्रदान गर्न पुरस्कार स्वरुप साईकल र ल्यापटप प्रदान गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताए ।

यस्तै अध्यक्ष सिंहले अगामी शैक्षिक सत्रमा गाउँपालिकाबाट एसईई परिक्षामा जिल्ला प्रथम हुनेलाई एक लाख, प्रदेश प्रथम हुनेलाई दुई लाख र नेपाल प्रथम हुनेलाई तिन लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिने घोषणा पनि गरे ।

गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, भगवती दलगणका गणपति गुप्त बहादुर कुवँर, पत्रकार महासंघका सचिव जितेन्द्र झा, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खेम बहादुर थापा, नेपाल प्रहरीका डिएसपी भावेश रिमाल, सेवा निबृत प्रधानाध्यापक भोगानन्द मिश्र, मोती नारायण मिश्र, राम नारायण यादवले राम्रो काम गरेको भन्दै कार्यक्रम आयोजकको प्रसंसा गरेका थिए ।

यसअघि सोहीे गाउँपालिकाले ज्येष्ठ नागरिक तथा शारिरीक रुपमा असक्त व्यक्तिहरुलाई लक्षित गरी घरदैलौ स्वास्थ्य उपचार कार्यक्रम सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group