ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जुनधारा जलेश्वरधाममा मङ्सिर ११देखि महायज्ञ हुने


admin
९ मंसिर २०७५, आइतबार   ६ : २३   बजे

 

भद्रपुर, ९ मङ्सिर । पूर्वकै पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ यही मङ्सिर ११ गतेदेखि हुने भएको छ । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको ३६ औंँ वार्षिक अनुष्ठानका अवसरमा महायज्ञ गरिने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

विसं २०२३ मा स्थापित धाममा २०४० देखि प्रत्येक वर्ष बाला चतुर्दशीमा समापन हुने गरी महापुराण एवं अनुष्ठान सञ्चालन हुँदै आएका छन् ।

यही मङ्सिर २० गतेसम्म चल्ने अनुष्ठानमा देशविदेशका आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटक जलेश्वरधाममा भित्र्याउने लक्ष्य रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो ।

अनुष्ठानमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई महाभारतकालीन घटनाक्रम एवम् धामको उत्पतिबारे विद्युतीय जानकारी, धामको ऐतिहासिक मूलपोखरीभित्र कलात्मक सङ्गीतमय फोहरा प्रदर्शनी, लक्ष्यवर्तिका प्रज्वलन र प्रत्येक दिन विशेष गङ्गा आरती गरी धार्मिक मनोरञ्जन प्रदान गरिने छ ।

सोही धाममा अध्ययन गर्नुभएका भागवतभूषण कौशिकजी महाराज (पं दिनेश ढुङ्गाना)बाट कथा वाचन गरिने छ । यसै वर्ष सरकारले विकासोन्मुख पर्यटकीय गन्तव्यका रुपमा झापाको अर्जुनधारा जलेश्वरधामलाई समेत सूचीकृत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu