ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर लगानीकर्ताले गरे नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ


admin
१० मंसिर २०७५, सोमबार   १ : ५१   बजे

काठमाडौँ, १० मङसिर । अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन ।

सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन ।

आफ्नो सम्पत्तिको सुरक्षा नहुने अवस्था आएपछि अनलाईन प्रणली सुधारको माग गर्दै सम्बन्धित कार्यालय घेराउ गर्न बाध्य हुनु परेको सेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनु भयो ।

सेयर लगानीकर्ताहरुले के कारणले सो अनलाईन प्रणालीमा सुधार आउन नसकेको हो ? त्यसको स्पष्ट जवाफ दिन पनि स्टक एक्सचेञ्जका पदाधिकारीसँग माग गरेका छन ।

उनीहरुले सो अनलाईन प्रणालीमा सुधार नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । सरकारले गत कार्तिक २० गतेबाट सुरु गरेको अनलाईन प्रणालीले काम नगरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन ।

भेन्टर कम्पनीमार्फत् सो अनलाईन प्रणाली भित्रयाइएको हो । सेयर लगानीकर्ताहरुले स्टक एक्सचेञ्जले कमिशन खाएर भित्रयाएकाले त्यसमा सुधार नआएको आरोप समेत लगाएका छन ।

सेयर बजारका लगानीकर्ताहरु आवद्ध नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानकर्ता संघ, नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले अनलाईन प्रणाली सुधारको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका हुन ।

यता, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सफ्टवेयरमा समस्या देखिएको सो प्रणालीको संचालन सुस्त भएपनि अव समस्या नआउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सेयर बजारको अन्य सूचनामा भने कुनै कमी नभएको दावी समेत गर्नु भयो ।

लगानीकर्ताहरुले भने साउदको सो भनाईमा सत्यता नरहेकोे दावी गर्दै विरोधमा चर्काे नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group