ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरप्रमुखको तलब मजदूर हितकोषमा


admin
१२ मंसिर २०७५, बुधबार   ७ : ५९   बजे

भद्रपुर, १२ मङ्सिर । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले एक बर्षको आफ्नो पारिश्रमिक मजदूर हितकोषमा जम्मा गर्नुभएको छ ।

नगरप्रमुखमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्ने बित्तिकै मजदूरको समस्या सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको हितकोषमा प्रमुख पोखरेलले एक वर्षको पाश्रिमिक बापतको रु तीन लाख ४० हजार जम्मा गर्नुभएको हो ।

पाँच वर्षमा रु एक करोड कोषमा जम्मा गर्ने गरी शुरु गरिएको हितकोषमा हाल रु २० लाखभन्दा बढी जम्मा भइसकेको उहाँको भनाइ छ । उहाँले नगरपालिकाको रु १५ लाख र आफ्नो तलबबापत दिएको सो रकमसहित मजदूरबाटै सङ्कलन गरिएको रकम हितकोषमा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आपत्विपत् तथा अप्ठ्यारोमा परेका मजदूरलाई सघाउने उद्देश्यले स्थापना गरेको हितकोषमा नगरका प्रत्येक मजदूरले महीनाको एक दिनको पारिश्रमिक बापतको रकम जम्मा गर्दै आएका छन् ।

प्रमुखकै संयोजकत्वमा बनेको समितिले मजदूर बिरामी भएमा, कार्यस्थलमै दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा देहावसान भएमा सो हितकोषको ब्याजबाट सहयोग गर्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ । नगरपालिकाले नगरका ३० जना मजदूरको रु १० लाखका दरले निःशुल्क बीमासमेत गरिदिएको छ ।

यसैगरी कनकाई नगरपालिकाले गाडी किन्नका लागि छुट्याएको बजेट सडक निर्माणमा लगाएको छ । नगरले गत आव २०७४÷७५ मा गाडी खरीद शीर्षकमा रु ४० लाख बजेट छुट्याएको थियो । सो रकमबाट नगरले गाडी खरीद नगरेर सडक निर्माण गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

उहाँले तत्कालीन कनकाई गाविसले नै २०७० सालमा किनेको गाडीले काम चलिरहेको हुँदा तत्काल गाडी आवश्यक नरहेको बताउनुभयो । नौ वटा वडा रहेको कनकाईका वडा नं १, २, ३, ४ र ५ का वडाध्यक्षले जनताको सेवा निजी मोटरसाइकलमा चढेर गरिरहेका छन् ।

विर्तामोड नगरका २० कार्यविधि

बिर्तामोड नगरपालिकाले विभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ । जसअन्तर्गत विपद् व्यवस्थापन कोष सञ्चालन काार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत कार्यविधि, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था सञ्चालन कार्यविधि, खेलकूद विकास निर्देशिका, सूचना तथा सञ्चार कार्यविधि रहेका छन् ।

यसैगरी, विद्युतीय हाजिरी प्रणाली प्रयोग गर्ने कार्यविधि, नगर प्रहरी गठन तथा सञ्चालन कार्यविधि, श्रमिक सञ्चालन कार्यविधि, करारमा प्राविधिक कर्मचारी व्यवस्था गर्ने कार्यविधि, बजार अनुगमन निर्देशिका, सवारीसाधन परिचालन र व्यवस्थित गर्न बनेको कार्यविधिलगायत कृषि, पशुसेवा सञ्चालनसम्बन्धी कार्यविधि पारित गरी लागू गरेको छ ।

पत्रकारलाई पुरस्कार

मिडिया क्षेत्रको विकास र सञ्चारकर्मीको हितका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरेको छ । सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक सो कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको हक तथा हितका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार सो कार्यविधिमा व्यवस्था भएअनुसार अब नगरपालिकाले प्रत्येक वर्ष एक जना सञ्चारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेछ भने नगरको एउटा मिडियालाई पुरस्कृत गर्नेछ । नगरका विकासमूलक समाचारलाई प्राथमिकता दिने एक जना पत्रकार र एउटा सञ्चारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत व्यवस्था भएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group