काठमाडौं , १६ मंसिर। थाक्रे गाउँपालिका–६ दशकिलामा धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई आइतबार बिहान ८ बजे ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमै सवार अर्का १ व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्