काठमाडौं,१६ मङसिर । बलात्कापछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको तस्वीर अंकित पोस्टर स्वतन्त्र युवाहरुले ज्याकेट र ब्यागहरुमा स्टिकर टाँस्न थालेका छ ।
पन्तको तस्वीर अंकित पोस्टर प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरुको समुहले आफुले लगाउने ज्याकेट र ब्याग टाँस्न थालेको हो ।
सो समूहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको छ । यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरुको दाबी छ ।
स्वतन्त्र युवाहरुको समूहले अरुलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाइँमा साथ दिन आह्वान समेत गरेका छन ।
‘सबैजनालाई यो पोष्टर आ–आफ्नो सवारीसाधन, ब्याग, ज्याकेट आदिमा लगाएर हिँड्दा सरकारलाई दबाव पुग्ने अभियानमा सहभागी एक युवकले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्