ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको परिवारलाई राहत


admin
१६ मंसिर २०७५, आइतबार   २ : ४६   बजे

दमौली, १६ मङ्सिर ।  चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको परिवारलाई राहत प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज बिहान मृतकको घरमा पुगी मृतकका मामा हुमबहादुर गुरुङलाई राहत स्वरुप रु ५० हजार प्रदान गर्नुभएको छ । राहत हस्तान्तरण कार्यक्रममा डिभिजनल वन अधिकृत केदार बराल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे उपस्थित हुनुहुन्थ्यो ।

गोरखा सिङ्ला घर भई मामा विषबहादुर गुरुङको घरमा बसेर अध्ययन गर्दै आएका बालकको शनिबार राति चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

खाना खाएर हात धुन बाहिर निस्केका गुरुङलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो । अमृत स्थानीय मनकामना बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए ।

राहत रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले चितुवालाई नियन्त्रणमा लिन हरसम्भवको प्रयास गरिएको भन्दै सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । उहाँले चितुवा नभेटिएसम्म निरन्तर खोजी कार्य रहने भन्दै स्थानीय जनप्रतिनिधि, सामुदायिक वन र स्थानीयवासीले चितुवा खोज्नका लागि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

भानु क्षेत्रमा ठूलो घना जङ्गल भएकोले जङ्गल सफा गर्ने अभियानमा सामुदायिक वनका उपभोक्ता लाग्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नुभयो ।

डिभिजनल वन अधिकृत बरालले चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

भानु नगरपालिकाले नरभक्षी चितुवा नियन्त्रणमा लिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ । नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणमा लिनका लागि सबै प्रकारको उपाय अवलम्बन गरिने भन्दै नियन्त्रणमा लिनेलाई उचित पुरस्कारको व्यवस्था गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu