काठमाडौं, १६ मङसिर । ईटहरी र नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिपरेकी छिन् ।
तर हिजोको ‘हेड टु हेड’ च्यालेन्जको दोश्रो राउन्डमा भने पराजित भएकी छिन् । हेड टु हेड च्यालेन्जको १३ औं समुहमा परेकी शृङ्खला समूह बिजेता बन्दै शृङ्खला पहिलो राउण्डमा पुगेकी थिइन् ।
हिजोको राउन्डमा उनले दिइएको प्रस्तुति सबै नेपाली समर्थकले मन पराए तर सम्पुर्ण निर्णायकले मिस सिंगापुर भेनिसा पेहलाईको प्रस्तुतिलाई मन पराए । त्यसैले शृङ्खलाले पराजय बेहोर्नु पर्यो ।
पराजय पछि उनले एक भिडियो सार्बजनीक गर्दै सबै नेपालीमाझ आखाभरी आशु सहित माफी मागेकी छिन । ९० सेकेण्डको सममा ब्युटी विथ प्रपोज प्रोजेक्टको रुपमा श्रृंखलाले मकवानपुरको एक दुर्गम चेपाङ्ग गाउँमा सुरु गरेको अभियानका बारेमा बोलेकी थिइन् ।
त्यहाका बासिन्दा शिक्षा स्वास्थ्यका बारेमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् । उनको जवाफको मिस वर्ल्ड २०१३ मेगान योङ, मिस वर्ल्ड २०१६ स्टेफनी डेल भले र मिस वर्ल्ड २०१७ मानुषी छिल्लरको मूल्यांकन गरेका थिए । सिंगापुरका भेनिसा पेह विजेता बने संगै टप ३० मा स्थान सुरक्षित भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्