ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता


admin
१९ मंसिर २०७५, बुधबार   ६ : २७   बजे

पोल्याण्ड,१९ मङ्सिर । नेपाल र पोल्याण्डबीच राष्ट्राध्यक्षस्तरमा द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका पोलिस समकक्षी आद्रेज दुदा कातोभिचबीच भेटवार्ता अत्यन्त सौहार्दपूर्ण एवं मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

नेपाल र पोल्याडबीचको घनिष्ट सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने उपयाबारे राष्ट्रपतिद्वयबीच घनीभूतरुपमा विचार विमर्श भएको छ भने उहाँहरूले जलवायु परिवर्तन र त्यसले गरीब तथा जोखिममा रहेका राष्ट्रमा पार्ने दुष्प्रभावको समीक्षासमेत गर्नुभएको थियो ।

एकअर्काका अनुभूति साट्ने र दुवै देशका जनताको हित प्रवद्र्धनमा केन्द्रित वार्तामा राष्ट्रपतिद्वयले जलवायु परिवर्तनका नकारात्मक असर घटाउन ज्ञान, सीप, प्रविधिका साथै स्रोतसाधनको अधिकतम उपयोग गरेर वातावरण अनुकूलन कायम गर्नुपर्ने र विश्वको तापक्रम बढाउनेलगायत वातावरणीय समस्या समाधान गर्न विकसित देशले ती स्रोत र प्रविधि उपयोगमा सघाउनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पोल्याण्डको कातोभिचमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप २४’मा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएकी राष्ट्रपति भण्डारीसँग सम्मेलनमा सहभागी हुन यहाँ एकत्रित भएका नेपालका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिसँग सङ्क्षिप्त भेटवार्ता पनि भएको थियो ।

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन राष्ट्रपति कातोभिचको निमन्त्रणमा यहाँ रहनुभएकी राष्ट्रपतिले विभिन्न देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेर पारस्परिक हित र लाभका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसँग अल्वानियाका राष्ट्रपति, सानमारिनोका राष्ट्राध्यक्ष र इस्टोनियाका प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारी पोल्याण्डको पाँच दिवसीय भ्रमण पूरा गरी भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group