ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच दशकपछि बल्ल भन्सार नाकामा एक्सरे मेसिन


admin
२ आश्विन २०७४, सोमबार   २ : ४६   बजे

भीमदत्तनगर, २ असोज ।  सुदूरपश्चिमकै प्रमुख भन्सार नाका गड्डाचौकीमा भन्सार कार्यालय स्थापना भएको ५५ वर्षपछि जाँचका लागि एक्सरे मेसिन जडान गरिएको छ ।

व्यापारिक नाकाभन्दा पनि सुदूरपश्चिम र मध्यपश्चिमका सर्वसाधारण भारतका विभिन्न शहरमा मजदुरी गर्न आवतजावत गर्ने नाकाका रुपमा परिचित गड्डाचौकी नाकामा यात्रुको सहज जाँचका लागि एक्सरे मेसिन सञ्चालनमा ल्याइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।
“मजदुरी गरेर घर फर्किंदा यात्रुलाई दुई÷दुई ठाउँमा झोला खोलेर देखाउने झन्झटबाट मेसिन जडानले मुक्ति दिएको छ,” कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विकास कुमारले रासससित भन्नुभयो, “मुख्य नाकामा भन्सार जाँचका लागि धेरै सुधार भएका छन् ।”

गड्डाचौकी भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, सिमला, देहरादुन, हरिद्वार, बैंग्लोरलगायतका ठाउँमा जाने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक यहाँ एक्सरे मेसिन सञ्चालनमा ल्याइएको भन्सार अधिकृत विकास कुमारले जानकारी दिनुभयो ।

“भन्सार नाकामा पाँच स्थानमा एक्सरे मेसिन सञ्चालन गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । एक्सरे मेसिन सञ्चालनमा आएसँगै सामान्यखालका तस्करी, भन्सार छलीमा कमी आउने उहाँको भनाइ छ ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा रु एक करोडको लागतमा उक्त एक्सरे मेसिन जडान गरिएको बताइएको छ । दुई वर्षअघि गड्डाचौकी भन्सारमा आठवटा सिसिटिभी क्यामेरासमेत जडान गरिएका थिए । अहिले थप पाँचवटा क्यामेरा थपिएका छन् । भन्सार कार्यालयभित्र धेरै आन्तरिक सुधार भएका छन् ।

भन्सारमा रिङरोड स्थापना, गोदामघर निर्माणका साथै सामान तत्कालका लागि राख्ने सेटघर निर्माण भई सञ्चालनमा आइसकेको छ । भन्सारकै सुधारका कारण कञ्चनपुर भन्सारको वार्षिक राजश्व असुल गर्ने लक्ष्य वर्षेनी बढ्दै गइरहेको छ । चालू आवमा भन्सार कार्यालयले वार्षिक रु ३२ करोड ४७ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले जनाएको छ ।

जिल्लामा अन्य छोटी भन्सार कार्यालय मध्ये हाल दक्षिण क्षेत्रमा रहेको बेलौरी छोटी भन्सार सञ्चालनमा छ । कर्मचारी अभाव तथा सुरक्षा सवल नहुँदा छोटी भन्सार कार्यालय प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको भन्सार अधिकृत कुमारले बताउनुभयो । विसं २०१९ मा स्थापना भएको कञ्चनपुर भन्सार कार्यालयको आन्तरिक व्यवस्थापनसँगै राजश्व संकलनमा समेत सुधार आएको छ ।

पाँच वर्षअघि कञ्चनपुर भन्सारले वार्षिक रु चार करोड राजश्व संकलनको लक्ष्य लिँदै आएको थियो । क्रमशः राजश्व संकलन लक्ष्य दु्रत गतिमा बढेको छ । गड्डाचौकीपारि भारततर्फ प्रहरी, भन्सार र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले छुट्टाछुट्टै जाँच गर्दा सीमामा यात्रुले ठाउँ ठाउँमा झोला खोल्नुपर्ने बाध्यता छ । कञ्चनपुरको दोधारा, चाँदनी, पचुईलगायतका क्षेत्रमा रहेका छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group