ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानलाई आधुनिक मौरी घार वितरण


admin
२१ मंसिर २०७५, शुक्रबार   २ : ४२   बजे

वालिङ,२१ मङ्सिर । स्याङ्जाको भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ ।

नगरपालिकाको ५, ६, ७, ८ र ९ नं गरी पाँच वटा वडाका ५० मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।

“पहिलो चरणमा पाँच वडाका ५० मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान ग¥यौँ”, नगर प्रमुख छायाराम खनालले भन्नुभयो, “व्यावसायिकरूपमा अगाडि बढाउन उत्सुक हुनुभएकाले तालीमप्राप्त गर्नुभएका किसानलाई मौरीपालन नगरपालिकाले ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेका हौँ ।”

रु सात हजार ५०० पर्ने मौरी गोलासहित प्रतिघारलाई नगरपालिकाले रु तीन हजार ७५० मा किसानलाई उपलब्ध गराएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त मानिन्छ ।

मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाई महको उत्पादन वृद्धि गर्ने मुख्य उद्देश्यले आधारभूत तालीम तथा मौरी घार वितरण गरिएको नगर प्रमुख खनालले बताउनुभयो ।

“पर्याप्त मौरी गोलासहितको घार प्राप्त नभएकाले हामीले एकैपटक नगरभरि यो अभियान सञ्चालन गर्न सकेनौँ”, नगर प्रमुख खनालले भन्नुभयो, “मौरीको आधुनिक घार ल्याइसकेका छौँ, त्यसमा गोलासहित आगामी दिनमा बाँकी रहेका १, २, ३ र ४ वडाका ५० मौरीपालक किसानलाई वितरण गर्ने तयारीमा छौँ ।”

मौरीपालनलाई व्यावसायिकरूपमा अगाडि बढाउन नगरपालिकाले मौरी सहकारी दर्ता गर्न पहल गरिदिने र सोही सहकारीमार्फत तालीम तथा खरीद विक्रीको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group