ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा किन गरिन् ?


admin
२१ मंसिर २०७५, शुक्रबार   ५ : ३१   बजे

ह्यामबर्ग, २१ मङ्सिर । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ ।

यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उहाँले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसक्नुभएको छ ।

आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो । “१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतारचढाव आएको छ,” ह्यामबर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मर्केलले बताउनुभयो ।

“तर हामीले मिलेरै चारवटा चुनाव जित्यौं, र म सन् २०२१ सम्म चान्सलर अवश्य रहनेछु,” उहाँले भन्नुभयो ।

मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहनुभएको छ, र पार्टी एवं देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रुपमा उभ्याउनुभएको छ ।

दुईजना मुख्य प्रतिस्पर्धीहरु सीडीयूका उपप्रमुख आन्नीग्रेट क्राम्प–कारेन्बर (एकेके भनेर चिनिने) र कर्पोरेट वकील फ्रेड्रिक मर्जमाथि मर्केलको पदचिन्ह पछ्याउने वा त्याग्ने भन्नेमा विवाद र बहस जारी छ ।

तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका स्वास्थ्यमन्त्री हेन्स स्पान्ह भने निकै पछि हुनुहुन्छ । उहाँ चान्सलर मर्केलका कटु आलोचक हुनुहुन्छ । उहाँले जर्मनीमा दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहनुभएको छ ।

“मर्केल युगको अब अन्त्य हुँदैछ,” राजनीतिक विश्लेषक एवं एकेकेका जीवनी लेखक क्रिस्टिना डन्जले बताउनुभयो ।

ह्यामबर्गमा पार्टीका एक हजार प्रतिनिधि भेला भइसकेका छन् । उनीहरुले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

एकेकेमाथि मर्केलको बलियो सहयोग र समर्थन रहेको विश्वास गरिन्छ ।

मर्केलका निकट मानिएका अर्थमन्त्री पिटर अल्टमायरले पार्टीलाई एकताबद्ध गराउन सक्ने व्यक्ति एकेके नै रहेको भन्दै खुलेर समर्थन गर्नुभएको छ ।

सीडीयूले जुनसुकै धार समाए पनि सत्ता साझेदार दल सोसल डेमोक्र्याट्स (एसपीडी) ले मर्केलको भविष्य निर्धारण गर्नसक्ने अनुमान पनि गरिएको छ ।

एसपीडी धेरै लामो समयदेखि मर्केलको छायाँमा परेको भन्दै पार्टीभित्रै आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu