हेटौँडा, २३ मङ्सिर । मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दूध खरिद गरेवापत किसानलाइ आर्थिक वर्ष २०७४-७५ मा रु पाँच करोड ५० लाख भुक्तानी गरेको छ ।
संस्थाले नौ लाख ९२ हजार लिटर दूध खरिद गरेवापत सो रकम किसानलाई भुक्तानी दिएको हो । मकवानपुरगढी– ३ मा रहेको सो सहकारी संस्थामा किसान शेयर सदस्य रहेका छन् ।
एकतीस वर्ष अघि स्थापना भएको उक्त सहकारीका कारण अहिले किसानलाई निकै मद्दत पुगेको संस्थाका अध्यक्ष कृष्ण प्रसादले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले सहकारीका माध्यमबाट किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्