ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार भएको चीनको दाबी


admin
२४ मंसिर २०७५, सोमबार   ८ : १४   बजे

बेइजिङ, २४ मङ्सिर ।  चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ ।

चीनले मेङलाई जेलभित्र पर्याप्त औषधि उपचारको व्यवस्था नगरिएको आरोप लगाएको छ ।

मेङले क्यानाडाको भ्यानकुभरस्थित अदालतमा मुद्दा दर्ता गर्नुभएको छ । उहाँले क्यानाडाली जेलबाट जमानतमा रिहा हुन पाउनुपर्ने जिकिर गर्नुभएको छ । हुवावेले अमेरिकी आग्रह र प्रतिबन्ध विपरीत इरानसँग आर्थिक कारोबार गरेको अमेरिकी आरोप छ ।

डिसेम्बर १ मा भ्यानकुभरमा पक्राउ परेकी मेङलाई क्यानाडाको एक अस्पतालमा उच्च रक्तचापको उपचार गरिएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले मेङलाई क्यानाडेली अधिकारीहरुले पर्याप्त स्वास्थ्य उपचारको सुविधा उपलब्ध नगराएको बताएको छ ।

“हाम्रो विचारमा यो अमानवीय कार्य हो र उपचार गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको उल्लङ्घन हो,” चीनको विदेश मन्त्रालयका प्रवक्ता लू काङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu