एजेन्सी,२४ मङ्सिर । तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् ।
स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् ।
वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिनुभयो । साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्का समेत उहाँले व्यक्त गर्नुभएको छ ।
तान्जानिया वन्यजन्तु अनुसन्धान निकायले यस अज्ञात रोगबाट स्तनधारी हात्तीको मृत्यु भएको पुष्टि गरेको छ ।
उहाँले घटनाका बारेमा प्रमाणहरु सङ्कलन गर्ने र कारण पत्ता लगाउने तथा थप फैलिन नदिनका लागि नियन्त्रण गर्ने प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।
नाकबाट रक्तश्राव हुने, चक्कर आएजस्तो गर्ने, छटपटीनेलगायतका अस्वभाविक र अप्ठ्यारो भएजस्ता गतिविधि देखाउने गरेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्