ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता : अर्थमन्त्री खतिवडा


admin
२५ मंसिर २०७५, मंगलबार   ५ : ००   बजे

 

काठमाडौं,२५ मङसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उहाँले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने योजना पनि सुनाउनु भयो ।

अर्थमन्त्री खतिवडाले सेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले स्व:पूँजीमार्फत् राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले सेयर बजारलाई आधुनिक बनाउन चाहेको दावी पनि गर्नु भयो । बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्ताबीच छलफल गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्तालाई सचेत गराउनु भयो ।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने सेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता समेत रहनु भएका उहाँले वर्तमान सरकार बने यता किन सेयर बजार ओरालो लाग्दै गएको हो ? भन्ने पहिचान गरी अघि बढन पनि सरकारलाई सचेत गराउनु भयो ।

केही दिन यता सेयर बजार ओरालो लाग्ने क्रम बढेर गएपछि सेयर लगानीकर्ताहरुले पनि सेयर बजार सुधार गर्न सरकारसँग माग गर्दैै आन्दोलन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group