ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक वार्ता समितिले शान्तिपूर्ण मूलधारमा ल्याएको पहिलो समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा


एबीसी न्यूज
२७ मंसिर २०७५, बिहिबार   ९ : १०   बजे

सप्तरी , २७ मंसिर ।  तराईमा हतियार बोकेर सशस्त्र आन्दोलनमा होमिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा आएको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे नेतृत्वको टोलीसँगको वार्तामा मोर्चा हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो । मोर्चाले बुधवार सप्तरीमा हतियार बुझाउँदै शान्तिपूर्ण राजनीतिक बाटो तय गरेको हो ।

सप्तरी जिल्ला प्रशासन कार्यालयमा वार्ता टोलीका संयोजक पाण्डे, सदस्य ताराकान्त चौधरी, सुरेश आले मगर, गृहमन्त्रालयका विश्वराज न्यौपाने, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडले लगायतको उपस्थितिमा मोर्चाका सहसंयोजक उपेन्द्र यादव ‘अविनाश’ सहित ११ जना सार्वजनिक भएका हुन् ।

सार्वजनिक हुनेहरुमा संयोजक अविनाश सहित सप्तरीको डाक्नेश्वरी नगरपालिका -७, का रामपुकार साह ‘रोशन’, सिरहाको गोलबजारका कमल भनिने योगेन्द्र यादव, सप्तरीको प्रसवनीका भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, सिरहाको मिर्चैया निवासी बद्री यादव रहेका छन् । यस्तै सप्तरीको रुपनी गाउँपालिका -१ , का राहुल भनिने मोहमद नसीर, सप्तरीकै कञ्चनपुर नगरपालिका -११, का सञ्जय भनिने देवेन्द्र खड्गा, सिरहाको बिष्णुपुर गाउँपालिका -२, का शंकर भनिने सञ्जय यादव, गौरीपुर ५ अर्नाहाका नथुनी यादव ‘प्रदीप’ र फुलबाबु भनिने फुलकुमार यादव रहेका छन् ।

मोर्चाले सानो नालको कटुवा पेस्तोल १० थान, लामो नालको कटुवा पेस्तोल एक थान, रिभल्भर दुई थान, कटुवामा प्रयोग हुने नौ थान गोली, रिभल्भरमा लोड भएको एक थान गोली तथा डेटोनेटर एक थान हतियार प्रशासनलाई बुझाएको वार्ता टोलीका संयोजक पाण्डेले जानकारी दिनुभयो ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइतले नेतृत्व गरेको सशस्त्र संगठन हो । तर सार्वजनिक भएका अविनाशले मोर्चाको १५ सदस्यीय केन्द्रीय कमिटी रहेको त्यसबाट ११ जना विद्रोह गरी निस्केर आफूहरुले गएकाे जेठ २ गते नै छुट्टै मोर्चा बनाएको जानकारी दिनुभयो ।

गोइत भने भारतमा आफ्नै व्यवसाय गरेर बसेकाले अहिले वार्तामा नआएको बुझिएको छ । सरकारले गएकाे असोजमा संविधानभन्दा बाहिर रहेका र असन्तुष्ट समूहहरुसँग वार्ता गर्न भन्दै गठन गरेको राजनीतिक वार्ता समितिले शान्तिपूर्ण मूलधारमा ल्याएको समूह यो नै पहिलो हो ।

यो समूहसँग ६ बुँदे सहमति भएको राजनीतिक वार्ता समितिका संयोजक पाण्डेले जानकारी दिनुभयो । बन्दी रिहाइ, राजनीतिक मुद्दा फिर्ता, प्रहरी र सेनामा मधेशी समावेसी भर्नासहितका सहमति भएपश्चात उहाँहरु हतियारसहित सार्वजनिक भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group