ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन


admin
२७ मंसिर २०७५, बिहिबार   २ : २८   बजे

दमौली, २७ मङ्सिर । तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५-७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महीनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।

नगरपालिकाले मङ्सिरको मध्यसम्म रु आठ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व सङ्कलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिक उत्पादन करबाट रु तीन करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट रु दुई करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट रु एक करोड २१ लाख सङ्कलन भएको छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको रसाइलीले बताउनुभयो । “गत आवमा हामीलाई कम अनुभव भएका कारण लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेनौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले गत आवमा रु छ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु चार करोड मात्रै सङ्कलन भएको थियो । नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ । आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो ।

भैँसीपालनमा रु चार करोड लगानी 

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी हरि खड्का व्यवसायी हुनुहुन्छ । उहाँले दुलेगौँडा बजारमा युनिक डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले गत वषदेखि शुक्लागण्डकी नगरपालिका–१० मीनामखानीमा भैँसीपालन शुरु गर्नुभएको छ । उहाँको युनिक मल्टी एग्रो प्रालिमा हालसम्म रु चार करोड ५० लाखभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो ।

उक्त फार्ममा हाल ४२ वटा दूध दिने भैँसी रहेका छन् । प्रत्येक भैँसीका लागि पाइपबाट पानीको व्यवस्था गरिएको छ भने घाँस राख्नका लागि पनि छुट्टै ठाउँ बनाइएको छ ।

उहाँले भन्नुभयो, “जग्गा खरीद, संरचना निर्माण र बाटो विस्तारलगायत सबै गर्दा रु साढे चार करोडभन्दा बढी लगानी पुगिसकेको छ ।” फार्मबाट उत्पादित दूध दुलेगौँडा र खैरेनीटार बजारमा रहेको आफ्नै बिक्री केन्द्रबाट बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

फार्मबाट उत्पादिन दैनिक २५० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । शुक्लागण्डकी नगरपालिकाको बजारमा मात्रै दैनिक ७०० लिटरभन्दा बढी दूध बिक्री हुने गरेको छ । “शुक्लागण्डकी नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्य लिएका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group