ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमाक्षेत्रमा आक्रमण भएपछि इरानी कुटनीतिज्ञसँग विरोध


admin
१ पुस २०७५, आइतबार   ५ : ०७   बजे

 

एजेन्सी,१ पुस ।  इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ । उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयले उक्त आक्रमणमा जिम्मेदार सशस्त्र समूहलाई कार्यबाही गर्न इरानी राजदूत समक्ष आग्रह गरिएको जनाएको छ । उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, र दुबै देशले आक्रमणकारीको पहिचान पनि खुलाएका छैनन् ।

झण्डै ३० जनाको समूहमा आएका लडाकूले शुक्रबार गस्तीमा रहेको पाकिस्तानी सेनाको टुकडीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट ६ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका थिए । गोली हानाहानका क्रममा चारजना आक्रमणकारी लडाकू पनि मारिएका थिए ।

इरानले शनिबार नै एक वक्तव्य प्रकाशन गरी उक्त आक्रमणको भत्र्सना गर्नुका साथै पाकिस्तानसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ ।

पाकिस्तान–इरानको सीमाक्षेत्रमा केही सशस्त्र लडाकू समूहहरुका साथै लागूऔषधका तस्करहरु सक्रिय छन् ।

गत अक्टोबरमा पनि इरानी सीमा सुरक्षा चौकीमा आक्रमण गरेका लडाकूहरुले एक दर्जन इरानी सुरक्षाफौजका सदस्यलाई पक्राउ गरेका थिए । यीमध्ये पाँच जनालाई गत महिना पाकिस्तानमा मुक्त गरिएको थियो, तर उक्त घटनाको यथार्थ विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group