ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिकासका लागि घरघरमा हजारौं केपी ओली जन्मनुपर्छ : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
५ पुस २०७५, बिहिबार   ४ : ५३   बजे

बुटवल, ५ पुस । स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार , शहर देखि गांउ सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ आजबाट बुटवलमा लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेला सुरु भएको छ ।

मेलाको आज एक समारोहका बिच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदघाटन गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने ढंगले प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । प्राईमलोकेशन भएर पनि बुटवलमा ब्यवसायीक संरचना नभएको भन्दै उहांले बुटवलका घरहरु अव ब्यवसायीक कम्प्लेक्सकारुपमा बन्नु पर्ने बताउनुभयो ।

उहांले सपना देखेपछिमा मात्र सफलता हात लाग्ने उल्लेख गर्दै बुटवलमा पनि घरघरमा हजारांै केपी ओली जन्मनु पर्ने बताउनुभयो । प्रधानमन्त्री केपी ओलिको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले यसै आर्थिक वर्ष भित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै आयोजक रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले मेला महोत्सवकै लागि अस्थायी संरचनाका कारण करोडौं खर्च भैरहेको भन्दै स्थायी संरचनाका लागि सबैले पहल गर्न माग गर्नुभयो ।
बुटवलमा स्थायी प्रदर्शनी स्थल नभएका कारण हरेक वर्ष मेलाका लागि लाखौ खर्च हुने गरेको छ । कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदुत स्वप्न स्वरा, राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराई लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । मेला पुस १८ गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group