ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसले दिए राजीनामा


admin
६ पुस २०७५, शुक्रबार   ५ : ०२   बजे

एजेन्सी , ६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो ।

सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् । ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्नु हुनेछ ।

राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाइँ (राष्ट्रपति) सँग छ” उल्लेख गर्नुभएको छ ।

एकजना वरिष्ट अमेरिकी अधिकारीका अनुसार, म्याटिसले आफ्नो राजीनामा पत्र लिएर राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुग्नुभएको थियो र उहाँले ट्रम्पसँग करिब ४५ मिनेट कुराकानी गर्नुभएको थियो ।

ती अधिकारीले भेटका क्रममा दुबै नेताबीच कुनै खास किसिमको विवाद थिएन । तर, म्याटिसले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने निर्णयमा गम्भीर असहमति राखेको हुनसक्ने उनको भनाइ थियो ।

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ । ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन् । राष्ट्रपतिका एक इमान्दार सल्लाहकारको बहिर्गमनले राष्ट्रपतिलाई आगामी दिनमा अझ चुनौती खडा हुने बताइएको छ ।

“जनरल म्याटिसको राजीनामा पत्र भर्खर पढें,” फ्लोरिडाका निकै प्रभावशाली रिपब्लीकन पार्टी सिनेटर मार्को रुबियोले ट्वीट गर्दै भन्नुभयो ।

“हामी गम्भीर नीति भूलतर्फ उन्मूख रहेको यसले सङ्केत गरेको छ । यसले हाम्रो मुलुकलाई जोखिममा पार्नेछ, हाम्रा गठबन्धनलाई नोक्सानमा पार्नेछ, र हाम्रा शत्रुहरुलाई सशक्तीकृत गर्न मद्दत गर्नेछ ।”

अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानबाट अर्को वर्षको मध्यसम्ममा झण्डै आधा अर्थात् करिब १४ हजार अमेरिकी सैनिक फिर्ता गर्नेगरी तयारी थालेको छ । तथापी यसबारेमा अन्तिम निर्णय भने हुन सकेको छैन ।

अद्यापी म्याटिसले सिरिया मामिला वा अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्यामा भारी कटौती गर्ने बारेमा पत्रमा केही उल्लेख गर्नु भएको छैन । म्याटिसले चीन र रसियाले विश्वभर “सर्वसत्तावादी ढाँचा” को शासन पद्धति फैल्याउन चाहेको र अमेरिकी पछिल्ला नीतिले त्यसलाई मलजल गर्ने देखिएको बताउनुभएको छ ।

उहाँले पत्रमा लेख्नुभएको छ, “त्यहीकारण हामीले साझा प्रतिरक्षा उपलब्ध गराउन अमेरिकी शक्तिका सबै साधनको प्रयोग गर्नै पर्दछ ।”

राष्ट्रपति ट्रम्पले नयाँ रक्षामन्त्रीको चयन चाँडै हुने बताउनुभएको छ । “राष्ट्रपतिको राष्ट्रिय सुरक्षा टोलीको कार्य नै राष्ट्रपतिलाई सुझाव दिनु हो र निर्णयकर्ता राष्ट्रपति हो,” ह्वाइट हाउसकी प्रेस सचिव सराह स्यान्डर्सले बताउनुभयो ।

म्याटिसका आलोचकहरुले राष्ट्रपति ट्रम्पका कैयौं आक्रामक कदमहरुलाई कार्यान्वयनमा लैजान म्याटिसले ढिलाइ गर्नुभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group